Thursday, June 21, 2018

सररर दिक्तेल बजारमा

दिक्तेल नगरपालिका
खोटाङसँग मेरा भावनात्मक नाता भएका कारणले गर्दा खोटाङ जिल्ला कस्तो पो छ भन्ने खुलदुली आउनु स्वभाविक नै थियो। काठमाडौ खाल्टोमा २५+ बसन्त बितिसक्यो र मेरा फोक्साले कति क्विन्टल धुलो खपे होला भन्ने म भन्न चाहन्न। यो खाल्टोबाट बाहिर जान मौका पाउनुलाई म मेरो अहोभाग्य नै ठान्दछु। आज भन्दा झन्डै २ वर्ष अघि म एउटा संस्थामा qualitative research on female reproductive health को लागि Interview दिन गएको थिए। त्यसमा १४ वटा जिल्लाहरु थिए र एक खोटाङ पनि थियो। मुगु मा रारा पर्ने र खोटाङका चिनेका दाजुभाइ साथीहरु भएका हुनाले मैले यी दुई मध्ये मा चै जान्छु भन्ने अठोटका साथ Interview दिन गएँ तर अफसोच फेरी यो कलिलो अनुहारले गर्दा धोका पाइयो। "You look very young" भनिहाले! साँचैनै म मेरो उमेर जतिको देखिन्न जुन राम्रो नि छ अनि यस्तै यस्तै भएर नराम्रो पनि। खोटाङ/ मुगु जान नपाइने भयो।

बाटो.....
मेरो इच्छा भने नेपालका ७७ रै जिल्ला घुम्ने छ र बस्न चै सधैँभरी हिमाललाई गहभरि राखेर बस्ने छ। ११ महिने UNDP को प्रशिक्षणले मलाई फिल्ड भिजिटको लागि खोटाङ जाने अवसर दिलायो त्यो पनि ३ दिनको लागि सकिने बेलामा। अजिङ्गरको आहारा दैवले जुटाउँछ भनेझैं भइदियो। खोटाङ अफिसियल कामबाट गइए पनि खोटाङ जानियो, देखियो र बुझियो। काठमाडौँबाट ७ बजे यु.एन. लेखेको गाडीमा ठाँटका साथ सररर जान पाउदा पब्लिक गाडिमा जाँदा हुने सुबिधाभन्दा धेरै नै सुबिधा पाइयो। सुनकोशीको तिरै तिर, जापान सरकारको अनुदानमा बनेको बाटो र बाटाभरि फलेका काँचो आपको दृश्लेय यात्राको सुरुवात मिठो नै भयो। बिस्तारै उखरमाउलो गर्मी ले गाडिको ए.सिलाई पनि मात दिदै गयो। पहिला मिठो र पछि पिरो परेजस्तै बाटो चिप्लो भएर सुरुमा एक ठाउँमा गाडी सललल हुँदा मन आत्तियो र मनले भन्यो। “Welcome to the Adventurous Road!” 

हलेसुङ
सुनकोशीको पुल तरेर ओखलढुङ्गा प्रवेस गरियो र जयरामघाट हुँदै, घुर्मी हुँदै हामी दिक्तेलका लागि अघि बड्यौ। यता तिर बाटो राम्रै छ। हाम्रो यस अफिसियल मिसनमा मेरो मेन्टर (UNDP को सर), २ जना विदेशी र १ जना स्वदेसी consultant, UNDP को एउटा म्याम, वन मन्त्रालयका उप-सचिव, दुईजाना ड्राइभर दाई र म थियौँ, २ वटा गाडीमा। म बसेको गाडीले अर्को गाडीलाई पर्खनु परेको हुनाले हलेसुङ पार्क मा हामी रोकियौं र डाँडा काँडा हेर्न र फोटो खिच्न लागियो। निकै रमाइलो लाग्यो। उ पर डाँडाको बिच कोशी बगेको, उ पर झुरुप्प परेको हलेसी बजार। मन फुरुङ्ग भयो र भन्यो, २७ औँ जिल्ला!

बाटोहरु....
हलेसी मा भएको होटेल हलेसी मेरो ट्विटरको साथी रुसाको हो। हलेसीमा पर्सि पल्ट बस्नु पर्ने हुँदा पहिले त्यै बस्ने निर्णय त भाको थियो तर बिडम्बना योजना परिवर्तन भो जुन कुरा म एकछिन मा भन्छु। दिक्तेल जाने बाटोमा आर्मीको क्याम्प कटेपछि एक पल्ट फेरी गाडी चिप्लियो। यता चै बाटो कच्चा रहेछ र मनसुन याम चै छलेर नै जानु पर्ने रहेछ सोचेँ। जानु अघि के सोचेको थिए भन्दा प्रायस: सदरमुकाम भनेपछि सहर होला, जे होस् म बस्ने गोदावरी गाँउ भन्दा राम्रो होला तर म चकित परेँ र उप-सचिव सरलाई भोलिपल्ट सँगै फर्कदा सोध्न नि भ्याए “ कसरी नगरपालिका भयो?” मेरो गाँउ त सहर रहेछ यो भन्दा पनि भन्न पछि परिन। 

पौडेलसर एसेलु भनेपछि भुतुक्कै
दिक्तेलमा रन्तपार्क पुगेपछि हिलो भन्ने कुरा के रहेछ मज्जाले बुझेँ। डेर फिट जति हिलो ले गहिरा भएका पाङ्ग्राका बाटा र फेरी पानीले गजगज! अहो! कति सास्ती पो रहेछ खोटाङबासिलाई। ठाँउ राम्रो छ। बादलुको घुम्टो अडिरहने पहाडको काखमा भएको बजार रहेछ झुरुप्प परि बसेको! तर पुर्वाधार को कमी छ। भर्खरै मात्र बाटोले छोएको जिल्ला हो अरे खोटाङ सुन्दा मनमा खसखस भयो कि म काठमाडौको छेउको गाँउ गोदावरीलाई अविकसित सोच्थे, गलत रहेछु भनेर। त्यस दिन बेलुकी मेयरसर को होटलमा बसियो। मेयरनी दिदि साह्रै मेजमानी दिन सिपालु! होटल राम्रै थियो तर मनसुन भएर होला कोठामा किराहरुले राती कराएर र मितेरी लगाउन आएर सुत्न चै गार्है भयो। भोलिपल्ट हुने कार्याशाला समापन गरि हेलेसि तिर लागियो। दिक्तेलमा त्यस दिन बस्ने प्रारम्भिक योजना थियो र जालपा तिर एउटा गाडी र लामीडाँडा तिर आर्को गाडी जाने योजना थियो तर बाटोले जान दिएन। जालपा चै सार्है जान मन थियो, मैले चिनेको आन्टिको नाम जालपा भएर होला सायद! दोश्रो दिन हलेसिमा जाने निधो भएपछि, दुवै टोली हलेसि तिर लाग्यौँ। हलेसि तिर लाग्दै गर्दा बाटोमा फलेका पहेला पहेला ऐसेलोका दानाले मनलाई दिगग्ज पाराले आकर्षित पार्यो र ओर्लेर एसेलु खायौँ। खै कसरी पो कुन बेलामा मलाई पनि खोटाङे जुका ले खाइहालेछ।

टिम
हलेसिमा मेरो मेन्टरको टिम चै मेरो साथीको होटलमा बस्नुभयो र म, UNDP  को एक जना म्याम र २ जाना विदेशी त्यस सँगै को तिब्बेतन होटलमा। म सरहरुसँग एउटा गाडिमा फर्केको थिए र म्यामहरु अर्को गाडीमा। अर्को गाडी अघि आएर रुम बुक गरेर फेरी अन्त फिल्ड भिजिटलाई हिड्नु भएछ र चाबी छोड्न बिर्सनु भएछ। सरहरुलाई चै तल रुम थियो र मन नपरेर मेरो साथिको मा जाइहाल्नु भयो। २ घन्टा जति चै म होटलमा एक्लै परे। तर होटलमा आफ्नो उमेरका दुईजना केटाहरु थिए र एकछिनमै साथी भैहाल्यौँ। हलेसिको खाप्से र उरिस्साको आँप पनि दिए खानलाई मलाई, र खाए। बेलुकी चै थेन्दुक खायौँ। बौद्धको भन्दा छुट्टै लाग्यो, कोरियन सुजेबि जस्तो। नाचो आकार र साइजका कच्चा रोटि उसानेर सुकेको च्याउ र सब्जिमा पानि हाली उसानेको परिकार!


लामिडाँडा
भोलिपल्ट हलेसी महादेव दर्शन गरियो पहिले त त्यहाँ फोटो नि खिच्न दिन्थे तर हामी गएको बेलामा दिएनन्। राम्रै हो किनभने त्यहाँ चमेराहरु बस्छन् र फ्लास चमेराहरुको लागि राम्रो होइन। हलेसि महादेव हिन्दु धर्मावलम्बिहरुको लागि मात्र नभएर बौध्द धर्मावलम्बिहरुको पनि धार्मिक थलो हो। त्यहाँ पुगरे यि दुवै सँगै पुजा अर्चना गरेको देख्दा मन रमायो। यसैलाई भनिन्छ धार्मिक सहिष्णुता। पल्तिर भएको गुफा पनि पुगियो। त्यहाँ भित्तामा सानो दुलो छ त्यहाँ सास फुकेर शंख जस्तो आवाज बज्दो रहेछ। भनिदो रेछ यो गुफामा कुनि के पो हुँदा शिवजीले पार्वती र आफु लुक्न आउनुभाको हो रे।

फोटो खिच्ने "सेल्फि" "वेलफी" भनुम् न, क्रम जारी थियो र मेरो मेन्टर को फोनमा भएको फोटो खीच्दा उमेर बताउने एप को नि बिल्ला उडाइयो। त्यसपछि मेरो साथिको होटेलमा रोटी तरकारी नास्ता गरी काठमान्डौँलाई हिड्यौँ। खोटाङ फेरी जाने मौका कहिले पो जुर्ला र खै? तर आशा र प्रार्थना गर्छु कि नेपालको नागरिकहरु काठमाडौ बासि जस्तै देसका अन्य जिल्ला का मान्छेहरुले पनि काठमाडौसरी पुर्वाधारहरु प्रयोग र सुविधा महसुस गर्न सकुन्!


मिसन टुङ्गियो





No comments:

Post a Comment