Sunday, October 13, 2019

कम्मर कसेर “खयर भारानी”

Khayer Lake: 4460M
“साहरा जी....यो पाली दशैँमा घर कहिले जानु हुन्छ?”
“हजुर सर...यो पाली नजाने घर!”
“किन?”
“दिदि आउदैहुनुहुन्छ, त्यसैले खयर लेक जाने विचारमा छू।“

पर्यटकीय दृष्टिकोणले खोप्रा-खयर लेक ट्रेक र धार्मीक दृष्टिकोणले खयर भारानी शक्ति भनेर चिनिने यो खोप्रा डाँडा बाट करिब करिब १० घन्टा उँभो लाग्नुपर्ने निकैनै रमाइलो ठाँउ हो। धेरै ब्लग र भ्लग हेरेर होला मलाई नि रमाइलो लागेर “खयर लेक जाम दिदि” भनेर केहि दिन अघि मेरो छिमकी दिदिलाई उकासेको थिएँ। पहिले त खयर नै जाम सोचेको हो तर पहिलो साल ABC जाँदा दिदि हिन्न नसकेको हुनाले फेरी सोँचे र दिदिलाई सके खयर नसके खोप्राबाट घोरेपानी पुनहिल जाम्ला अनि फर्कम्ला भनेको थिएँ। दिदिलाई पनि trekking मन पर्न थालेको हुनाले र छुट्टि पनि मिल्ने भएर दिदिको positive response आयो। नआको भएपनि म पहिलेझैँ Solo Trek गर्थे। तर यो good news भयो।

Ghandruk
शुक्रबारको दिन थियो..दशैँको छुट्टी हुनुको अघिल्लो दिन। पेट पनि निकै दुखेको थियो। दिदि पनि त्यसै दिन आउने! पेट दुखेपनि जति सकिन्छ अफिस बस्छु र दिदिलाई सँगै रुमतिर लेराउछु भनेर म अफिस गएँ त्यो दिन पनि। दिदि Lunch time तिर आउनुभयो र म पनि अफिसमा “work from home” गर्छु सारो गार्हो भयो भनेर घरतिर हिँडे। दिदि बहिनी हामी रुम तिर लागेम र खाना साना खाएर बसेम। हरिचोक देखि घान्द्रुक को जिप लाग्थयो र जिप भरिएपछि कुदाउने हुँदा हामीलाई खबर गर्नु भनेर हामी आनन्दले रुममा थियम्। बेलुकी ४ बजेतिर जिप भरिएको र हामिलाई कुरिराखेको खबर दिनु भयो काउन्टरको दाजुले! हामी हतार हतार गरी जिपतिर लम्कियम। जिप मा दिदि अघि बस्नु बयो र म पछि अरु तिनजना सँग बिचको सिटमा थिएँ। त्यसमा त २ जनानै वाके रहेछन्। सँगैकी सोल्टिनि चै leader type कि थिइन्... झम्टिहाल्ने दुबैजनालाई! बरा! आफन्त रहेछन्। पछिल्तिर तिनी leader सोल्टिनीको ममी र ३ जना Loud दाईहरु थिए। कत्रो हाँसो हो त्यो र कति सारो गफ आउने होला नि। केटिहरु पो धेरै गफ गर्छन् भन्थे त दारी जुँगामा केटिहरु पो हो कि जस्ता पनि!
We-fie in the midst of rhododendron Forest: Tadapani
घान्द्रुक गाँउ राती पुगियो र पहिले पनि गएको ठाँउ भएको भएर मलाई होटेल खोज्न वा बाटो चिन्न अलमल्ल भएन। रातीको बास होटेल पिसफुल मा बसेर भोलि बिहानै साडे छ तिर हामी दिदि-बहिनी लम्क्यौँ हाम्रो त्यो दिनको गन्तव्य दोबाटो तिर! पक्कै पनि trekking  भनेपछि उकेलो र ओरेलो हुन्छ नै। त्यस्तै उकेलो ओरेलो गर्दै र प्रकृतिको मजा लिदै हामी टाडापानी पुगेम्। टाडापानी मा तक्रिबन् साडे नौ बजे हामी पुगिसकेका थियौँ। त्यहाँ बसेर हामी चियापानी र उसिनेको आलु खायौँ। करिब १ घन्टाको विश्राम पछि फेरी यात्रा लम्कियो उहि दोबाटो तिर। होटेलनी दिदिले बाटो यसरी लागेको छ यसो-यसो जानु भन्नु भयो। निलोसेतो sign  पकड्दै हामी लम्कियौँ र बाटोमा मेसार भन्ने ठाँउमा स-साना २-३ वटा होटेलहरु थिए। त्यहाँ हामी टाडापानी बाट हिनेको करिब-करिब १ डेर घन्टामा नै पुगेको थियौँ। यात्रा सहज नै थियो तर पेट दुखेको कारणले मलाई चै अलिक अफ्टेरो भयो। एकछिन मेसार डाडामा सुस्ताएर हामी फेरी अर्को station ईसारु तिर लम्कियौँ। आहा! कति राम्रो पो रैछ ईसारु त। माथि टुप्पामा ४-५ वटा होटेल रहेछन्। एकापट्टी डाडामा coniferous trees shades of green grass जुनमा विभिन्न color हरु भएर carpet जस्तै राम्रो देखेको थियो। पारी क्षितिजमा निलो आकाश र बादलुले बनाएका थरिथरिका आकारहरु। हैट! सारो राम्रो पो छ त हउ नेपाल! अहिले म यो लेख्दै गर्दा, ईशारुको वर्णन गर्दै गर्दा अहिले म त्यहिनै पो भको महशुस गर्दैछु। सटक-सटक २-४ सट फोटो त खिच्नैपर्यो। दिदिको iphone थियो र मेरो चै phone मात्र। त्यसैले iphone बाटै photo खिचियो।
Isharu
रमाइलो साथ यात्रा अघि बड्दै गयो र बाटोमा हामीले भारतिय टोलीलाई पनि भेट्यौँ। हिड्न सार्है सुस्ते। हामीले तिनीहरुलाई पनि उछिनेर हिँद्यौँ। porter दाई ले “अहो! बहिनी हरु त दरो हिड्दो रहेछ रे!” “नेपाली होनि त दाई” मैले जवाफ दिएँ। म सँग हिँडेका मेरो छिमेकी दिदि सेतो गोरो छन् र धेरैले दिदिलाई चै खैरे र मलाई गाइड सोचेछन् त कतिले विदेशमा बसेर आको हो भनि सोध्ने। दिदिको सेतो ‘चमडी’ ले पनि बाटो यादगार बनायो। हाहा!!

Bayeli Kharka
सुस्तरी सुस्तरी गर्दै हिँडेपनि हामी दोबाटोमा दिउँसको २ बजे पुगेम। त्यहाँ हामी Hotel Annapurna and Restaurant  भन्नेमा बसेम्। त्यहाँ साना दुई दिदिबहिनी मात्र रहेछन्, स्कुलको छुट्टीले गर्दा होटेल कुरेर बसेका! नानीहरुको बाबा सोही दिन घान्द्रुक झरेका रहेछन् र ममी चै खै कता पो गाको भन्थे। तर जे होस् दुई दिदि बहिनीले नि hotel चलाको देखेर दँग परियो। त्यो hotel मा साँझ तिर Loud दाईहरु पनि अउनु भयो। मलाई चै मनमनै हत्तेरिका भैसकेको थियो। अब राती यी दाईहरु रक्सी खाएर कराएर सुत्न दिन्नन् होला लाग्यो। राती जाडै थियो र नानीहरुले पकाएको मिठो खाना खाएपछि पल्लो कोठाबाट थप दुई blanket लेराएर दिदिलाई पनि दिए र आफुले पनि खप्टाएर सुतेँ। राती म त मजाले निदाए तर दिदिलाई चै तेती निन्द्रा आएनछ। Loud दाईहरुको gang मा हुनुहुने एक जना दाईको पेट खराब भएछ कि के हो ...रातभरि पुइबाजा बजेको बजेकै थियो रे। छ्या......!!!!!!
भोलिपल्ट बिहानी पनि हामी साडे ६ तिरै निस्कियोम् खोप्रा तिर! बाटो निकै रमाइलो थियो। बिहानिको त्यो उजेलो प्रकाश र सेतो हिउँले सजिएको त्यो माछापच्छ्रे, अन्नपुर्ण, धवलागिरि र निलगिरि! आहा! बाटोभरि यिनै दृश्यको दृश्यावलोकन गर्दै हामी बयली खर्क दोबाटोबाट हिँडेको १ घन्टामै आइपुग्यौँ। बयलीमा १ टा मात्र होटेल रहेछ र अलिक तल चै बन्दै गरेको रहेछ। अब चै ओरालै ओरालो सुरु भयो। यति ओरालो छ कि उकालै छैन यो बाटोमा। खोप्रा पहिले सिधै बयली बाट जाने रहेछ तर पहिरोले बाटो २-३ ठाँउमा लगेको भएर अब चै चिस्टिबुङ पुग्नै पर्ने भएको रहेछ। यात्रा ओरालै ओरालो, कतै पनि sign छैन, र अलिक पर जँगल typeको बाटो छिछोले पछि swanta खोप्रा भन्ने signboard देखिन्छ। अघि उ तिँ हो होटेल भनेको पनि डेर घन्टा भैसकेको थियो र ओरालो हिँडेको पनि डेर घन्टा। बिस्तारै हिड्दै गएम् बाटोमा म एक पल्ट लडेँ पनि तर केहि भएन। बाटो भरी घाँसमा शीत भएको ले जुत्ता अलिकता भिज्यो र पनि गन्तव्य मा पुग्ने समय छिटो कहिले आएन।
Khopra जाने बाटो
हिड्दै जाने क्रममा बाटोमा एक जना विदेशीलाई भेटियो र यात्राको बारेमा सोधें। उहाँले खयर टाडा छ र खोप्रा पनि भन्दै सुखद् यात्राको कामना गर्दै बिदा लिनु भयो। हामीलाई पहिलेको station बयली नभै sunrise डाडा लागेको थियो र अबको गन्तव्य चै बयली! त्यसैले बयली कहिले आइपुग्छ भन्दै लम्किरहेका थियौँ। बाटोमा बस्ने ठाँउ नमिलेर र नसुस्ताएको हुनाले हामीलाई त्यो बाटो सार्है लामो र गार्हो लाग्यो। बाटोमा मलाई ४ वटा जुका ले attack गारिसाकेको थियो भने दिदिलाई माथि sunrise डाडा सोचेको ठाँउतिर फोटो खिच्न लाग्दा १ वटाले। जुकाले डरले पनि कतै बसिएन र सुस्तरि सुस्तरी गर्दै बयली भनेको त चिस्टाबुङ पुगेछम्। त्यहाँ पुगेपछि मात्र थाहा भयो sunrise डाडा बयली रहेछ र बयलीबाटको बाटो ACAP ले बन्द गरेको रहेछ पहिरो गएको भएर!
उडु कि गुडु म?
खोप्राबाट झरेका दाईहरु र पाहुनाहरु ओर्लदै थिए। हामी नि त्यहाँ सुस्ताएर नास्ता खान बस्यौँ। नास्ता खाएर बाहिर बस्न लाग्दा दाईहरुले खोप्रामा सुत्नलाई रुम नपाउने र कैयन मान्छेहरु फर्केको र आफुपनि टर्नेलमा सुतेको जानकारी दिए। पहिले त tent हरु थिए त्यहाँ! याङ दिदि पनि गाइड हुनुहुन्छ र उहाँ त्यहाँ पुगिसक्नु भएको भएर मलाई त्यति जानकारी त थियो। तर त्यो सबै भत्काएर १ टा मात्रै होटेल भएकाले त्यस्तो भएको रहेछ भन्ने थाहा पाएछि मन त खिन्न भैगयो तर पनि पुगेर बुझ्ने...नपाए फर्कने भन्ने सहमतिमा दिदि र म चिस्टाबुङ बाट खोप्राको यात्राको मा कम्मर कसेम्। पेटले दुख दिनै राको थियो तर पनि लक्ष्य भनेको यस्तै हुदो रहेछ। पुग्छु भनेपछि पुग्छु। करिब ३ घन्टाको ठाडो उकेलो होस्टे र हैसे गर्दै हामी पुगेम् खोप्रा। होटेलमा सुत्ने ठाँउ सोध्दा छैन भनि उत्तर आयो तर पनि जहाँ भएपनि सुत्छम् भनेपछि मिलाम्ला भन्नि जवाफ आएपछि हामी त्यहाँ तातो चिया खाएर बसेम्। दिदि चै टाउको नुहाउन जानुभयो र म चै heater ताप्दै बसेँ। Heater पनि तातै नआउने heater थियो। साँझ ५ बजेतिर दाउरा बालेपछि मात।र बल्ल तातो भयो त दाउरा बाल्ने जिम्मा मैले लिए र फु... फु.. गर्दै आगो बालेँ। त्यस अघि एकछिन बादलुको घुम्टो हटाएर बराह हिमाल र अन्नपुर्णले आफ्नो मुहार देखाएको बेलामा फोटो नि खिचियो। couple pose फोटो खुबै खिच्न मन थियो र दिदि र मैले त्यो पोज वाला फोटो खिच्यौँ।
couple pose
फोटो खिचेर होटेल फर्केपछि ति Loud दाईहरुसँग नि भेट भयो। उहाँहरु हामी भन्दा निकै ढिला हिँड्नु हुदो रहेछ। अनि त्यहाँ हो त्यो loud दाजुहरुसँग हामी रामरी बोलेको भनेको। एक जना khadka दाजु त हाम्रै घरतिरका रहेछन्, एकजना ललितपुर उ.म.पा मा काम गर्ने र अर्को दाजु चै खै के पो... cosmetic बेच्ने! त्यै हो के रे! Sorry दाई... दिदिसँग हजुरले कुरा गर्दा त्यहि सुनेको थिए। रातको खानापछि भोलि बिहान ५ बजे खयर जाने निधो सँगै दिदि र मलाई होटेल दाई ले “बुगेल” भन्छन् के रे... सामान store गर्ने माथिल्लो तल्ला... त्यहाँ हामीलाई मजाको बिछ्यौना थियो। माथिबाट सित खस्ने र वरिपरि मुसा कुद्ने! रमाइलो अनुभव भयो। नभाको मामा भन्दा कानो मामा नै ठिक भन्छन् त्यहि मै पनि कस्तो सन्तोषी आएको हामीलाई। राती ओर्की फर्की गर्दै बित।यो तर निन्द्रा चै लागेन। जिउ पनि उत्तिकै दुखेको र खुट्टा पनि दुखेकै थियो। पटक्कै निन्द्रा परेन र झन् मलाई त periods ले गर्दा weakness नि बडेको थियो।
Naulo Ban
बिहान ४:१५ तिर रेडी भएर dining तिर झरेम् दिदि र म! त्यहाँ अरु group फनि रेडि हुने तरखरमा थिए। होटेलमा थरमस मा तातो चिया बनाइ राख्नु भाको थियो। चिया र बिस्कुट खाएर हामी ३ group: Malaysian group, Loud दाइ group र हामी दिदि बाहिनी group :३५ तिर बिहानी खयर ताल तिर लागेम्। सुरुसरुमा त म मज्जाले हिँडे। Khayer base camp को teahouse सम्म त मजैले पुगेँ तर त्यसपछि चै हिँड्न मलाई सार्है गार्हो भयो। दिदिलाई ABC जाँदा चै गार्हो भएको थियो तर यो पाली त दिदि मज्जाले हिँड्नु भयो। मैले सकेको भए वा साथी पाको भए खयर बाट घोरेपानी जाने पनि Plan मा हुनुहुन्थ्यो दिदि त! म चै weakness ले गर्दा सार्है असहज यात्रामा थिएँ। यस्तो weakness  high altitude पनि छिट्टै लाग्ने। त्यसैले हिँस्न गार्हो भएर २-३ पटक त म खयर पुग्न सक्दिन दिदि जानु पनि भने। कुनै १ गाइड दाजैले रेस्ट गरे निन्द्रा आउँछ, निदायो भने निदाको निदाकै हुन्छ बरु बिस्तारै आउनु भन्नु भयो र सुस्तरी सुस्तरी अघि बडेँ। हामीले उछिनेर अघि आउँदाको टोलीहरुले हामीलाई भेटे र उछिने। त्यस्तो गार्हो भयो यो trek मलाई। never trek during periods! भन्ने पनि सिके मैले। मैले मेरो capacity लाई exaggerate गरेको रहेछु भन्ने भयो। ठिकै छ अ..नहिन्नु हिनिसकेको थिएँ। खयर पुगियो र १ घन्टा जति त्यहाँ बसेर दृश्यको आनन्द लिइयो। करिब ६ घन्टाको यात्रा थियो यो। मलाई सन्चो भाको भए सायद म ४ घन्टामा सक्थे होला।
Khayer Bharani
त्यस्तै खयर बाट खोप्रा फर्कदा ४ घन्टा लाग्यो। यो बाटो निकै लामो लाग्यो। सायद निकै थाकेर होला। होटेल पुग्दा त यस्तो लखतरान थियौँ कि अब त्यो दिन चिस्टाबुङमा बस्ने योजना cancel गरेर त्यही खोप्रामै बस्नु पर्यो। मलाई त रिँगटा पनि लागेको हुनाले म चै एकछिन बुगेलमा हिजोको आफ्नो बिछ्यौनामा एकछिन पल्टिएँ। त्यस रात हामी दिदि बहिनी खोप्रामै बसेम् र भोलिपल्ट चै Swanta बाट गाडी चडेर जाने योजना गर्यौँ। टिकाको दिन भएकोले गाडी नपाउने जानकारी होटेल दाईले दिनुभयो। जा सम्म सकूला..हिडौँला भन्दै हामी खोप्रा देखी बिहान ७ बजे हिँड्यौँ। Chistibung, Swanta, Ghara,PokhreBagar हुँदै Tatopani!
एक जना दिदिले हामीलाई Pokhrebagar मा गाडी पाउन मुस्किल हुने भन्दै तातोपानीमा चै पाउँछ भन्नु भाएको भएर हामी तातोपानी लागेम्। भरे त पोकहरेबागार हुँदै पो गाडीहरु जाने रैछन्।
Pokhara during night from Sarangkot


म मुस्ताङ त पुगेको तर ठाँउको नाम बारे तेती याद नभएर पनि मलाई कस्तो नरमाइलो लाग्यो। एक्लै आको बेलामा जे गरपनि आफ्नै मर्जी हुन्छ तर दुई भएसकेपछि अर्काको खुशिपनि हेर्नुपर्ने हुन्छ। हामी तातोपानीमा डुब्ने ठाँउतिर लागेम् र त्यहाँ पानीमा रुझ्दै गाडी कुरेम्। गाडि आउदै आएन। एकजना दाईलाई मैले pokhara जाने last bus कति बजे आँउछ सोधेको मात्र के थिए..उहाँ र उहाँको wife पनि गाडी कुरेको बताए। त्यसैले बरु मिलेर share गरेर reserve मा जाने Plan भयो। खाली जिपको प्रतिक्षामा बसेका हामी खाली जिप पनि ट्याप्लाक्क आइपुग्यो। दाईले केके कुरा गर्नुभयो। जिप जान त जाने तर नुहाएर जाने भयो। तातोपानिमा खैरेको भिँड देखेर  ननुहाई जाने हुनुभयो जिप दाई। जिपदाई चै raindrops को CEO रैछन् बाटोमा चाउचाउ खान लाग्दा थाहा पाएको। पोखरा सम्मै लेराइदिनुभयो। १ पैसा लिनुभएन। भोलिपल्ट Pizza खुवाउने भनेका थिएम तर मैले number save गरेढ भनेको त रातिको time ma tired भएर नि होला delete हानेछु। फोन गर्नुहोला नि दाईले सोचेँ तर फोन आएन। CEO भनेपछि ठुलो पोस्ट को मान्छे..सानो तिनो मान्छे लाई के बोल्नुहोला सोचेको त राति message आइराको..”pizza खानेबेला भएन? तिम्रो Phone  off  थियो।“ अनि झल्यास्स he was expecting the treat भयो। अब के गर्ने...sorry मेसेज गर्दिए! दिदि ले फोन गर्नु भयो तर उठेन। दाई पनि काठमाडौँ फर्कने हुने र मेरो छिमेकि दिदि पनि जाने भएको भएर सँगै जान पाए दुवैलाई साथि हुने कुरा थियो तर केहि त भएन। Pizza काने भनेको दिन चै दिदि र म lakeside घुमेम् र भोलिपल्ट चै दिदि आफ्नै तरिकाले ktm जानु भयो र म पनि मेरो अफिस!
Morning from Khopra
यसरि खोप्राको यात्रा टुङ्गियो र यो यात्रा सबै भन्दा धेरै सस्तोमा सकियो! Per person NRs 2980/- I feel we are extremely blessed and provided. खोप्रा जाने मेरो रहर पुरानो थियो र साथि भाइ सँग कुरा पनि राखेको थिएँ। कसै एक जनाले खोप्राको बाटो अलमल्ल पर्ने झुक्किने छ गाइड लिएर जानु। त्यहि बेलामा मलाई ACAP को निलोसेतो sign त याद थियो तर केहि बोलिन। जति बोलेपनि जिद्दि मान्छेको अघि के पो लाग्छ र? आब म गएँ, पुगेँ र यसरी blog  र फोटो हाल्दैछु। यो भन्दा ठुलो जवाफ त नहोला नि पक्कै पनि! जति दिन सोचेको थिए, त्यो भन्दा १ दिन कम मै trek पनि त सकियो।

“Follow the White and Blue Signs” is the Mantra for safe Treks in ACAP region.

Sunday, September 22, 2019

Tashi Delek "लोमान्थाङ"


सुन्दा र सोच्दा पनि “अहो! हई!!” बिष्मय जनाउने शब्द नेपालमा प्रायको मुखमा आउने रहेछ जब एक युवती एक्लै कता कता घुमफिर गर्न जान्छे। यस कथाको युवती पात्र चै “” परे! कामले प्रकोप व्यवस्थापन र जलवायु परिवर्तन क्षेत्र र ट्रेकिङ गाइड! एकै मान्छेको दुई पेशा!! अब फेरी लाइसन आए...एक फेरी थपिन्छ। कहिले कहिले त “Celebrity” वाला फिलिङ पनि आउने रहेछ जब साथी-भाई इष्ट मित्र र आफु भन्दा junior ले “दिदि...म पनि हजुर जस्तो बन्ने” भन्दा!! उसैत पेशाले नै ठाउँ ठाँउ घुमाउने र फेरी छुट्टीमा पनि घुम्न जाने! मेरो खुट्टमा चक्र छ कि भनि मान्छेले आफ्नो आश्चर्य नि नपोखेका पनि होइनन्! एक्लो ज्यान छ अनि घर देखि टाढा छु। समय बिताउने त कि पढेर कि त घुमेरै हो नि त। पढ्न पनि कत्ति पढ्नु...Certificate को चाङ लगाएर मात्र के गर्नु र? टोपी चरालाई “Best Tailor on Earth” को उपाधी नदिए पनि ऊ नै हो भन्ने सबैलाई थाहा नै छ त!!
Me at Chhusang
अब सुरु भयो मेरो उपल्लो मुस्ताङ को यात्रा का मिठा-मिठा कथाहरु! नेपालमा म हिमाली क्षेत्र एक्लै घुम्न कहिले डर लागेन तर अफिस बाटै जादा पनि मलाई पहाडका केहि ठाउ र तराईमा धेरै डर लाग्छ।पुराना अनुभव र मेरो हिमाल प्रतिको मोहले गर्दा फेरी पनि म यात्रामा निस्किने सोच बनाए उपल्लो मुस्तङको! कहिले नगाको ठाउ त्यसैले अलि-अलि गृहकार्य त गर्नुपर्यो। सुरुमा ब्लग पडे अनि रुट म्याप हेरे। त्यसपछि त्यहां गइसकेका तीन जना दाजुहरुलाई बाटोको बारेमा सोधेँ। सागर दाईले त itinerary पनि बनाएर दिनुभयो। रोल्पा फिल्ड गएर पोखरा फर्केको भोलि पल्ट टिकट किने र पर्सी पल्ट छुट्टी पाएक मिलाई हिँडे म एक्लै मुस्ताङ।
Difficult Roads

बिहानको ७
:२० बजे ठ्याक्क जीप आयो हरिचोकमा अनि लास्ट सिटमा बसेर हिँडियो जोमसोम। जम्मा भाडा लाग्यो १५५०/- अनि ठाउँठाउँमा बिसाउदै गाडी लम्किरह्यो गन्तव्य तिर। जीपमा २टी physiotherapist नि रैछन्। मेरै उमेरका त होलान् तर लु जामैले त हजुर तपाई खानलाई “बैनि” भन्दिए। बालै फरर!!! पछि त “दिदि हजुरले कति पड्नु भाको छ रे” अनि” स्वर मात्रै सुन्दा बच्चा जस्तो लाउने रे” तेरीमा हो तोरिका फुलहरु!!! फेरी गफ पनि कस्तो बकमफुसे बकमफुसे गर्ने। ड्राइभरलाई “दाई! हजुरको बिहे भयो भाछैन? छिटो गर्नुस् रे”।
The Muddy and Slippery Way
 हासो त हो तर यस्तरी मैलै कसैसँग बोले भने “नकचरी” को फिलिङ पो आउछ त राता मकै!! जे भए नि तिनी एक बुइनीले चै कमेडी गरिन् बाटोभरी!!
बेनी कटेपछि बाटो हो कि के हो त्यो? जिप त पुरा Michael Jackson को MoonDance पो गर्छ त। कहिले कहिले त खोलातिर नि लम्कन्छ त कहिले अघि बड्न नसकेकर ब्रेक डान्स। जीप त्यसरी नाच्दा भित्र बसेका हामी पनि नाच्यौ। Inertia of Motion भन्छन् नि त्यसकै effect. जिउ फतक्कै भयो। फेरी जिप 2 wheeler रहेछ, बाटोमा नतानेर उकालो र ढुङ्गामा, गाडीलाई हल्लाएर धकेलेर र full speed मा तल देखी रन्काएर लग्दा Thorpe Park को याद आको थियो।  माथि heightमा लगेर Drop गर्ने खेल जस्तो पुरा उफार्यो जिपले। मेरो त पार्टपुर्जा र पेजकिल्ला जिउको ठाउमै छ कि फुत्क्तो भयो एक दुईछिन त।
Dhumba Lake
गाडीमा APF का दुई दाईहरु थिए; हाकिम र सिपाइ हल्दार यस्तै केही। एक्लै गाको भएर सोधे अचम्म मान्दै “एक्लै?” “हजुर. रुट हेर्न आको त्यसैले!” उमेरले पाको भएपनि मुहारले अझै १६ वर्षेनै हो के रे! हाहा!! मलाई साँचै रमाइलो लाग्छ। लगभग ५:३० बजे बेलुका जोमसोम पुगियो। जोमसोममा मेरो uncle ५ वर्ष airport मा Manager कि Sales Incharge भएर काम गर्सेको भएर uncle ले त्यहा धेरै जाना चिन्सिने त्यसैले बस्नको लागि रुम खोज्ने झन्झट भएन अनि Uncle को मार्फत गएर नि होला पुरा सपोर्ट र care मिल्यो। Hotel Shavana मा बसियो। रुमको १२०० भन्थ्यो १००० मा मिलाए attached रुम दुइटा बेड... पैसा उसुल गर्न एक खाटमा सुते अर्कोमा चै सामान राखेर फोहोर गर्दिए। रोल्पा बाट तामाको अचार लेराको थिए। Bag मा पोक्खिएर सब लुगा पहेलो त भयो नै टर्चमा पनि लागेको रैछ र त्यो टर्चले गर्दा नसुतेको बेड मा नि पहेलो दाग लागिगएछ। त्यो नि भोलि बिहान उठेपछि थाहा पाको। भोलिपल्ट बिहान ६ बज्न १० मिनेट अघि “Dhumba Lake” गए। सिमसिम पानी परेको थियो। ४५ मिनेट लगभगमा पुगे तालतिर फेरी Slidedance गर्दै। बिग्रिसकेको जुत्ता थियो मेरो। “The Legendary Shoes from Mountain Warehouse UK”. धेरै ठाउँमा डुलायो त्यो जुत्ताले र लगभग ३ वर्ष बुढो पनि थियो। माया त लाग्यो। Super Glue ले टाँसे। एकछिन Dhumba मा बसेँ , Selfie हरु लिएँ।
Chhusang Village
८ बजे लोमान्थाङको जिप छुट्ने थियो त्यसेले म हतार हतार गरी होटेल पुगे अनि कुदे जिप भेट्न। बाटोमा एक जना दाईलाई जिप काउन्टर के सोधेको थिए उल्टै मलाई फेरी त्यही “एक्लै?” भन्ने पश्न तेसारियो। हत्तेरिका... फेरी म फलानो...फलानो कामलाई आको ह्यान त्यान भने। 
Roads of Upper Mustang
उहाँहरु लोमान्थाङको शिक्षकहरु हुनुहुनदो रैछ। अहिले लो मा आधी वर्ष त्यही र आधी वर्ष पोखरामा पढाइ हुन्छ रे त्यहि भएर उहाँ र एक अर्को शिक्षक दाई जोमसोम आउनुभको रे। हिरा सर दाई चै मेरो Big Fan भइहाले। भन्नुहुन्थयो “म बैनी देखेर सार्है खुशी र अचम्ममा छु। हाम्रो दिदि बैनी एक्लै सहर त जान्नन्, बैनी त नआको ठाउँमा। यसो video पो लिउ कि के हो।“ “अनि म गाइड भएपछि बाटो हेर्न त आउनु पर।यो नि, म जस्तो त कत्ति आउछन्” भने मैले। “म यहाँ आको १ वर्ष भयो बैनीनै पहिलो हुनुहुन्छ। हेर्दा नि कलिलो हुनुन्छ..कति वर्ष पुग्नुभयो” हिरा दाईले सोधिहाले। केटाको आम्दानी र केटीको उमेर झुक्केर नि नसोध्नु। केटाको बेसी र केटी को कम भनिहाल्छन्। मतलब त बूझ्नुभयो होला नि?!

Chhusang: from this pint the ancient caves are seen on the walls
The ancient caves
८ बजे ठ्याक्क टिकट काउन्टरमा पुगे तर गाडी ठ्याक्कै छुटेको रहेछ। हरे विचरा म! काउन्टरमा काउन्टर दाईलाई अर्को गाडीको बारेमा के सोध्दै थिएँ त्यहाँको सवारी समितिको दाई र उहाँको मामा माथि स्याङ्मोचेमा मिटिङमा जानु पर्ने रहेछ र बेलुकी लोमान्थाङ, त्यसैले मलाई उहाँहरुको जीपले पुर्याइदिने भयो। रु २०५०/-  को टिकट काटेँ र सँगै रहेको खाजा घरमा चिया खान गएँ। त्यहाँ एक जना ठिटो ड्राइभर नि खाजा खान आको थियो र सोधेँ “लोमान्थाङ पुग्न कति घन्टा लाग्छ?” जवाफ आयो “७ घन्टा जति”। राम्रे थियो मान्छे। ठुलो निधार, गोरे अनि हँसिलो। चिया पिएर म गाडीहरु आको गको र बिभिन्न खाले यात्रुहरु मुक्तिनाथको दर्शनको लागी गाडी कुर्दै गरेको अनि एक सार्हो नक्कली बैनिले Selfie खिच्दै गरेको हर्दै time pass गर्दै बसेँ। जिप दाई बल्ल आइपुग्नु भयो 9:15 मा र बैनी तिमीलाई जा बस्नु मन पर्छ बस भन्नुभयो। हिजो लास्टमा बसेर आको मलाई बिचको झ्यालमा सर्लक्क बसेँ, फोटो लिनुलाई।
९३० तिर गाडी गुड्यो। बाटो त राम्रो पो रैछ उपल्लो जाने। बिचबिचमा चै डरलाग्दो रैछ तर धेरै ठाउमा फिलिलि थ्यो। बाटो बनाउदै थियो दोजर, स्काभेटर र अर्को कुन्नि के भन्छ ढुङ्गा फोर्नेलाई। रोल्पेलीहरु चै कामदार रहेछन् यो कालीगण्डकी कोरिडोरको कोरला हाइवेमा। देश बन्दैछ!! बाटामा भएका गाँउहरु र landscape हरु हेर्दै बाटो अघि बड्यो। जोमसोम पछिको पहिलो गाँउ हो कागबेनी, ताङ्बे अनि छुसाङ अनि भेना अनि स्याङमोचे अनि गात्लयाङ, अनि चाराङ अनि लो!!
Lomanthang: The Forbidden Kingdom
लगभग ५ बजे म लोमान्थाङ पुगेँ र होटल सभानाले चिनेको होटेल टासि देले मा बसें। यो बेलामा खैरेहरु थिएनन् तेता र होटेलमा म एक्लै पाहुना थिएँ। सामान राखेर म लो गाँउ घुम्न हिँडे। गाँउ सानो थियो र भुलभुलैया पाराको तर हेर्ने ठाउँहरु सपै हेरे। त्यहाँ म्याप थियो र तेहि अनुसार नै हेरेँ। छोसर गाँउ पल्लो गाँउ थियो र कोरला नाका पनि धेरै टाडा थिएन। कोरला नाका वर्षमा २ पटक मात्र खुल्छ रे र खुलेको बेलामा चिनको २१ किमी भित्र सम्मा त्यहाँका बासिन्दालाई जान दिन्छ रे। August मा तिजी पर्व थियो, त्यसको १ हप्ता पछि १ हप्तालाई नै खोल्देको थियो रे अनि नाकामा पुपघि फोटो लिन पाइदैन रे। चिन अर्मीले delete गर्दिन्छ रे सब्बै!! मेरो पार्टपुर्जा सब गलेको र दुखेको हुदा, रात नि परेको भएर र खोकी ले समातेको हुँदा म होटेल फर्किए। होटेलमा पुगेर खाना खाएर भुक्लुक्कै सुते। “बिहान सात बजे काउन्टर पुगेर बस्नु अनि मान्छे हुनु बित्तिकै जिप लान्छ” भन्नुभाको थियो होटेलको साउनी दिदिले।
Houses of Lo
त्यसैले ७ बजे हिसाब किताबको लागि तल अर्लिए तर बेलुकाको १ छाक भातको बाहेक मैले पैसा तिरनु परेन। काउन्टरमा गए त्यहाँ त्यही हसिलो ड्राइभर रहेछ र मलाई टिकट नकाट्नु गाडी reserve छ खैरे बिमारी भाको भएर म लान्छु भन्यो। अरु जिपको भर नभाको हुनाले र सोही टिकट हनुसारकै पैसा दिदा हुन्छ भनि सोधेर मैले नि “हुन्छ! सँगै जाम” भने। होटेल पुगेर फोन गर्छु जाने भयो कि भएन भन्यो अनि नम्बर दिए मैले। म लो मा अझै बसे बिमारी हुन्छु भन्ने थियो र जोमसोम फर्कने सोचमै थिए।
फ्रान्सेली बुढि मान्छे रैछ अनि बुढि मान्छे, म र ड्राइभर अघि र बुढि मान्छेको गाइडहरु पछि बसेम। ७:३० बजे जीप जोमसोम कुद्यो। जीपपनि राम्ररीनै चलायो। त्यस्तो रफतार अनि हल्लाएन। यात्रा राम्रै थियो। करिब २:३० मा जोमसोम पुगियो र त्यहाँ भाडा लिएन मेरो। पिलेन चडि जानु पो भन्छ त। रिजर्भमा आको हो उनिहरुले तिर्यो रे। ३ चोटी सोधेँ लिन मानेन अनि म नि thank you भन्दै होटेल पसेँ। डल्लै पैसा बचेको भएर मुस्ताङको कोसेलीहरु किनेँ। जिउ गलेको भएर रुममा एकछिन पल्टिए। अलि बेरपछि सुकुटि खाए र फेरी सुस्ताएँ।। राती भात नि खाएँ उठेर अनि भोलिको लागि प्लेन को टिकट पाउने आशामा सुतेँ।प्लेनको टिकट त पाइन तर बसको चै भेटियो त्यो पनि Cabin मा। ठिकै छ भन्दै टिकट काटे र केहि बेरपछि त्यही टिकट काउन्टरको दाइले Scorpio को सिट मिलाइदिनु भयो। रु १६५०- तिरे अनि फर्किए पोखराः मेरो कर्मथलो!!
Lomanthang to Korala Border
उपल्लो मुस्ताङको यात्रा छोटो र सवारी बाट भएपनि Driver दाई हरुले धेरै कुरा बताइदिए। अझ त अझ... ल टिप्नोस् कापीमा भनेर नि धेरै information दिए। होटेलको कार्डहरु पनि डल्लै बोकेर लेराको छु। हिँडेर जाँदा धेरै दिन लाग्छ र सोहि अनुसारको सानो सानो station भए चै guide गर्छु हैन भने चै short trek नै राम्रो छ मेरो लागि। जलवायु परिवर्तन अनुकुलन भाको पहिलो जिल्ला नि मुस्ताङ र adaptation का उपायहरु हेर्दा मैले नि जानकारी पाएँ। Livelihood को परियोजनाहरुको बारे नि यसो superficially बुझ्न पाएँ। साँचै यात्राले मालई बलियो बनाएको छ, frustrations बाट उम्कन मद्दत गर्छ। हिमाली क्षेत्रमा यात्राको लागि एक्लै केटी मान्छेलाई safe नै छ। TRAVEL, EXPLORE AND LEARN is what it is.
Himali Hotel @Samar

Hotels I dropped in and stayed at:
Hotel Kaligandaki and Thakali Kitchen, Tiplang : 9847702525 (Balman Gauchan)
Hotel Shavana Jomsom:9841664256 (Karishma Thakali didi)
Hotel Alice Chhusang : 9857650790 (Binod Gurung)
Himali Hotel and Lodge Samar: 9847682191 (Tsering Phurba)
Hotel Dhaulagiri Syamgmochen : 9847707278 (Jaymang Tenzin Gurung)
Hotel Nilgiri and Guest House Syamgmochen : 98676872181 (Pasang Gurung)
Tashi Delek Guest House and Restaurnat Lomanthang: 9856075635 (Chhewang Gurung)