म ट्रेकिङ
सार्है मन पराउने मान्छे। गोजीमा अलिकति पैसा होस् र एक-दुई जना सहयात्री, यो छोरी हिमालको
काखमा रमाउने भएकाले साथी-भाइ माझ मलाई, “जिन्दगी छ त तेरो, कैले कहाँ पुग्छस् कहिले कहाँ” भनेर
खिजाइहाल्छन्। सुन्दा मलाई रमाइलो लाग्छ र भन्छु “ आर्को पाली त पनि हिन् म गाइड
बन्छु र मलाई स्पोनसर गरेस्”। मजाक-मजाक मा भनेको यो कुरा कुनै दिन साँचो होला भन्ने सोचेको पनि थिइन।
म
विकासमुलक परियोजना तिर, समाजसेवा
तिर, जलवायु
परिवर्तन र विपत जोखिम न्युनिकरण कार्यक्षेत्र तिर ढल्केको मान्छे। मन मा केहि
गरुङ भयो भने, मन
सार्है नरमाइलो मान्यो भने, एक्लै हुने मन जागेर आयो भने, मेरो लागि उपचार
भनेकै हिमाल हो। जब त्यो हिमाल देख्न पाउँछु, हिमालसंगै नजिक हुन्छु, मन तेत्तिकै खुशिले
भरिदिन्छ र मनमा आनन्द आउँछ र मन शान्त हुन्छ। यही एकमात्र कारण हो जसले गर्दा मलाई हिड्ने जाँगर आउछ।
अर्को भनेको चै काम नै हो! आब परियोजना तिर काम गर्दा कति घुम्नुपर्छ, सबैजना अबगत नै
हुनुहुन्छ।
यति हुँदा
हुँदै पनि कसरी कसरी म गाइड तालिम तिर आकर्षित भए। एकदिन म फेसबुकको न्युज फिड स्क्रोल
गर्दै थिए, नेपाल
माउन्टेन एकेडेमी; (संस्कृति, पर्यटन तथा नागरिक
उड्यान मन्त्रालय;
अन्तरगतको एक सरकारी संस्था) ले महिला सशक्तिकरणको उदेश्यले महिलालाई मात्र ट्रेकिङ
गाइड को तालिम दिने सुचना प्रकासित गरेछ, त्यो पनि जम्मा रु: ५००० मा १ महिने
कोर्स अनि अन्तिम मा गाइड लाइसेन्स। मलाई त खुवा पल्टियो। तालिममा धेरै कुरा सिक्न
मिल्ने र विशेषत: महिला भएको हिसाबले बाटोमा परिआउन सक्ने समस्यालाई कसरी हल गर्ने
भन्ने कुरा नि सिक्न मिल्ने भएर चै धेरै नै आकर्षित भए। आफिस मा ठगेर एकछिन छुट्टि
लिएर साथी र म गयौं फारम भर्न। त्यहाँ एक जना सर हुनुहुँदो रहेछ, अध्यक्ष सर। सोचेका
थियौँ सरकारी मा काम गर्ने ठुलाठाला पदका मान्छे भाउ खोज्छन् तर भइदियो के भने, सर त सारो मजाको
हुनुहुदो रहेछ। निकै हौसला र मोटिभेट गर्ने र बोलाई पनि तेतिकै down to
earth पाराको।
उहाँले यति मजाले बुजाउनु भयो कि मेरो लागि साथी गइदिएको साथी पनि फारम भरु भरु
भएर उसको बाबालाई सोधेर पर्सि पल्ट गएर भरेछ। दुई सोल्टिनी एकै ठाममा भयौँ, कुरो मिल्ने भएकाले
निकै नै उत्साहित भयौँ।
म फेरी UNDP को intern र मेरो साथी
WHO को! Project
validation workshop को
जिम्मा मलाई भएको भएर, म त डल्लै
बिजि थिए। फेरी Interview जानु पर्ने थियो यहि तालिमको लागि। फेरी सरलाई
ठगे अनि दुबैजाना गयौं। बेलुकी साथी नतिजा प्रिन्ट गर्दै लेराउछ र उसको नाम र मेरो
नाम मा Pink कलर ले
हाइलाइट गरेर सेता सेता दाँत देखाउदै मलाई च्याप्न आउछ। एकछिन खुसीले उफ्रेम्
अपिसभित्रै। रमाइको भाको थियो।
तालिम
सुरु हुने दिन भयो, स्थान:
नेपाल पर्यटन बोर्ड बिहान ६:३० देखी। पहिलो दिन बिहान जाँदा चिया र कुकिज थियो र तेसपछि क्लास सुरु भयो।
सरहरु पनि खतरा-खतरा expert हुनुहुदो रैछ। कोही national geographic
hero, कोहि
धेरै परियोजनामा जलवायु परिवर्तन र विपत् न्युनिकरण मा काम गेरका, कोहि त्रि.वि. का
प्रोफेसर, कोहि खतरा
हिमाल चड्ने, बाफ्रे
बाफ्.. मन त खतरा खुशी भयो। ब्रेकमा फेरी बिहानको नास्ता थियो। सोचे, पहिलो दिन भएर पो
हो कि! तर यो क्रम दिनहुँ थियो। नास्ता पनि फेरी फेरी। अरे वाह! बिहान म केहि
नखाइ अफिस जानेलाई खुवा भयो। १० बजेसम्म क्लास अनि लाग्यो छोरी फेरी पुल्चोक। धेरै
चिज सिकियो। मलाई नेपालको कतिपय कुरा थाहा थिएन र टुरिजमको बारे त टु पनि थाहा
रहेनछ। तर मलाई घुम्नु-डुल्नु मन पर्ने हुनाले सबै कुरो छिट्टै मानसपटल ले टिप्यो।
म्याप को अरु प्रयोग नजान्ने “म” ले, कम्पास चलाउन नि सिके र म्याप पनि। एकजना साथी
ले GIS सिकाएर
गुण लगाएको थियो, त्यो
पनि काम लाग्यो। अझै धेरै सिक्ने क्रम त जारी नै छ।
तालिमको दोश्रो हप्तामा हामी
फिल्ड भिजिटलाई हिनेम्, जेठको
१३-१९,
घोरेपानि-पुनहिल। हामी ३० जना प्रसिक्षार्थी, ४ जना खतराको सरहरु र ६ जना सपोरटर दाई-दिदिहरु
यात्राका लागि जेठ १३,
आइतबारका दिन पर्यटन बोर्डबाट हिडेम्। बाटोमा दामी रमाइलो भयो। हल्ला पार्टिहरु
लास्टमा जम्मा भयौं र गीत गाएर बसै थर्कायौं र कतिपय त निदाउन नि सकेनन्। “साइलादाइ”
बन्दै र्याप गाको त मेरो नामै साइलादाई रह्यो। मेरो नाम “साहरा मिश्र” प्राय: लाई
थाहा छैन तर “साइलादाइ” भनेर फेमस भए। राम्रो हो, माया पाउनु त!
फिल्डको
यात्रा फेदी देखी सुरु भयो। करिब ४५ मिनेटको नाक ठाडो उकालो हिनेर तल्लो धम्पुसमा
दामी होटेलमा बास बसेम्। होटेल छिरेको ३० घन्टा नबित्दै फेरी क्लास सुरु हुने
थियो! आफु त्यो दिन ग्रुप –ए! हामी ५ जना थियौं लिड गर्नुपर्ने र रुम को
व्यवस्था, ब्रिफिङ, क्लास मिलाउने, चिया-नास्ता
बन्दोबस्त, सब गर्नु
थियो त्यसैले क्लासमा त झुपु-झुपु भएयो। त्यो दिन ब्यागमा सामान कसरी हाल्ने र
मिलाउने भन्ने सिकाउनु भयो र ग्रुपमा कसरी हिड्ने लिड लिने भन्ने कुरा भयो।
झुपु-झुपु भएपनि सिक्न चै सिके। दोश्रो दिन ग्रुप-बी को पालो भएकोले बेलुकीनै
उनिहरुले आफ्नो काम सुरु गरे, बिहान ६:३० बजे उठ्ने सन्देसका साथ। घरमा ७ बजे उठेर
८ बजे अफिस हिड्ने मलाई हिडाइको थकानले सारो पारेर उठ्न पो सकुला नि नाई भन्ने
लागिराथ्यो। तर हाम्रो “ब्रो जोन” याङ्जि ले बिहान बिहान ५ बजे चार्जर लिन आको
निउमा उठाइ छोड्यो। अब के निन्द्रा लाग्थ्यो। एकछिन बात मारेम् र रेडि भएर ७ बज्न
१० मिनेट अघि नास्ता खान गएम्।
हाम्रो
यस तालिममा विभिन्न क्षेत्रका साथिहरु हुनुहुन्छ। ४ जना त म्याराथन मा भाग लिएर
जितेका पनि। अहो! कति कुद्ने हुन्। मिरा राई जस्तै छन् सबै। धम्पुस बाट अब
लानद्रुकको यात्रा थियो, जम्मा
१६ किमि! उकेलो ओरालो र तेर्सो। यस दिनको ग्रुप लिडरमध्ये एक जना बर्दिया को चेली
हुनुहुन्थ्यो,
सम्भवत: तराई क्षेत्रबाट आएकी पहिलो महिला ट्रेकिङ गाइड र उहाँ चरामा काम गर्नुहुने
हुदाोरहेछ, बि.सि.एन् मा, उहाँको
छेउ-छेउ पर्दा चरा देखीयो भने, यो फल्ना चरा त्यो फल्ना चरा भनि नाम भन्नुहुन्थ्यो, एकछिन सम्झेको थिए, तर आहिले त
बिर्सिपनि सके, चराको
नाम! आफु त हल्ला पार्टि र दहि चिउरे, जो सँग नि मिल्यो, हल्ला गर्यो हिन्यो। अन्त छन् साइलादाई
फेमस!
उमेरले
नेटो काटे पनि अनुहारले दिदैन, त्यसैले पनि होला, बहिनीहरुले पनि दिदि नभनेका! ठिकै छ। राम्ररी लान्द्रुक पुगेम। १५ मिनेटमै क्लास फेरी। हैट! म त निदाए एकछिन क्लासमै। बसाई रमाइलो
भयो। थाकेर होला सायद सुतेपछि एकैपल्ट भोलि बिहान भयो। ६ बजेसम्म त सुतें तर। यस
दिनको यात्रा थियो घान्द्रुक गाँउ। मलाई मन पर्ने गाँउ। म पैले पनि घान्द्रुक-धम्पुस, घोरेपानि-पुनहिल गइसकेको
भएर बाटो थाहा थियो र हिड्न पनि गार्हो भएन। पैले थाहा नभएको कुरा “लान्द्रुक
भनेको लामो रुख र घान्द्रुक भनेको घना रुख” थाहा भयो। मसँगै हिन्नु हुने हाम्रो
सपोर्टर दाजुबाट प्राप्त जानकारी हो यो। करिब ४ घन्टामा हामी हाम्रो गन्तव्यमा
पुगेम्।
म सुरुमा
५ वर्ष अघि घान्द्रुक गाँउ पुगेको थिए। त्यस बेलाको सम्झनाले मन सार्है पिरोल्यो र
आशु नि खस्न थाले। कता कता मनमा नरमाइलो नि भयो। २ वर्ष अघि पनि पुनहिल जान लाई
पुगेको गाँउ हो। वरिपरि हेर्यो वातावरण पहिलेको जस्तो थिएन। गाँउमा धेरै बाटो
बनेछन् र बाटोले पर्यावरणको धेरै विनास भएछ। क्लिउ सम्म चल्ने गाडी आहिले गाँउको
मुखमै रहेछ। ५ वर्ष पहिलेको घान्द्रुक, २ वर्ष अघिको घान्द्रुक र अहिलेको
घान्द्रुक..... मलाई मौन बनायो। खुशि छु, गाँउमा बाटो आयो तर साथसाथै वातावरण मासिएको
देख्दा खीन्न पनि। त्यस दिन घान्द्रुक गाँउ सबै घुमियो, साथिहरुले त गुरुङ भेषमा फोटो नि खीचेछन्, चिटिक्क परेर!
म र
मेरो यु.एन को साथी भोलिपल्ट काठमाडौ फर्कनु पर्ने भएकाले हामीले अनुमति लिएर भोलि
पल्ट बिहान काठमाडौंकालागि रवाना भयौँ। दुवैजनाले धेरै साथीहरुको माया पाएर होला बिदा लिदा धेरैको मन निरास भयो र हामीलाई नरमाइलो नि लाग्यो। तर फेरी पर्सी सोमबार देखि
क्लास भैहाल्छ नि अनि भेटुला भन्दै मुस्कान लिदै हामी दुई साथी फर्क्यौं। यो तालिमको
यात्रा मा धेरै कुरा सिक्ने र माया मिल्ने आशा छ र अन्त्यमा महिला गाइडको लाइसेन्स
पनि। यसलाई मैले राम्रो उपलब्धि मानेको छ र भविष्यमा के छ के छ, जे भएपनि आफुलाई
तयार पार्न लागिपरेको छु।